Erani Mahal
निस्दी ढुङ्गानाबेशीमा ट्याक्टरबाट खसेर सहचालककाे मृत्यू
accident-
पाल्पा- निस्दी ढुङ्गानाबेशीमा ट्याक्टरबाट खसेर ट्याक्टरका सहचालककाे मृत्यू भएकाे छ । शुक्रवार राती भएकाे दुर्घटनामा पाल्पा निस्दी गाउँपालिका-०४ का सहचालक टेक बहादुर जर्घाकाे निधन भएकाे प्रहरीले जनाएकाे छ । बेलौचिबाट ढुङ्गानाबेशी तर्फ आउदै गरेको लु ४ त ६९८१ नं. को खालि ट्याक्टरबाट ट्याक्टर सहचालक जिल्ला पाल्पा निस्दी गा.पा.-०४ बस्ने बर्ष १९ को टेक बहादुर जर्घा मगर अचानक खस्न जाँदा ट्याक्टरको पछाडिको टायरले कुल्चिन गई घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएकाे छ । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाबाट प्रहरी निरिक्षककाे कमाण्डमा टोली खटिई गएको उक्त सवारी दुर्घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेकाे सुचना अधिकारी प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update