Erani Mahal
नवलपुरबाट रामपुर आउँदै गरेको जीप दुर्घटना : एकको मृत्यु, १६ घाइते
Bolero-Jeep-Accident
पाल्पा-नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको बुलिङटारमा शुक्रबार जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १६ जना घाइते भएका छन् । घाइते मध्य दुई जनाको अवस्था गम्भिर छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीका अनुसार नवलपुरको दलदले हुदै पाल्पाको रामपुर आउदै गरेको लु १ ज ३७१० नम्बरको जिप बुलिङटार गाउँपालिका –६, अत्रौलीमा दुर्घटना भएको हो । दुर्घटनामा परि पाल्पा रामपुर –४ बस्ने २३ वर्षिय अजय विकको घटना स्थलमा नै मृत्यु भएको प्रहरी नायव उपरिक्षक गिरीले बताउनुभयो । घाइते मध्य ५ जनाको नारायणी सामुदायिक अस्पताल भरतपुर र ११ जनाको डेढगाउँ स्थित स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । घाइते मध्य भरतपुरमा उपचाररत बौदिकाली गाउँपालिका घर भएका मोहन लामिछाने र खिम बहादुर मास्कीको अवस्था गभ्भिर रहेको उहाँले बताउनुभयो । जिपमा १७ जना सवार रहेका थिए । जिपका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरिक्षक गिरीले बताउनुभयो । जिपको ब्रेक फेल भएर जिप सडक देखी ५० मिटर तल खसेको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update