Erani Mahal
पाल्पामा कोरोना संक्रमित बढ्दै : स्वास्थ्य सजगता अपनाउन आग्रह !
Coronavirus-recession
पाल्पा- पाल्पामा शुक्रवार १३ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको कोभिड ल्याव तथा लुम्बिनी मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा पाल्पामा ८ पुरुष र ५ महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले रानीमहललाई बताउनुभयो । थपिएकाहरुमा रामपुर नगरपालिकाका १ जना पुरुष, रैनादेवी छहरा गाउँपालिकाका २ महिला १ पुरुष, बगनासकालीका २ पुरुष, तानसेन नगरपालिका तथा अस्पतालका ३ महिला र ४ पुरुष गरी १३ जना रहेका छन् । पाल्पामा पछिल्लो तीन दिनमा एक सय बढी सक्रिय संक्रमित थपिएका छन् । अहिले पाल्पामा १ सय ३५ जना सक्रिय संक्रमितहरु होम आइसोलेसनमा रहेर आराम गरिरहेका छन् । पछिल्लो सयममा भारतबाट आएकाहरुमा बढी मात्रामा कोरोनाको संक्रमण देखिएकोले गाउँघरमा सजग रहन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । उसले स्वास्थ्य मापदण्ड पालना गर्न तथा भीडभाड नगर्न समेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update