Erani Mahal
निस्दीमा बैशाख १६ देखि वार्षिक परीक्षा सन्चालन हुने
nisdi_
पाल्पा- निस्दी गाउँपालिका पाल्पामा शैक्षिकसत्र २०७७ को वार्षिक परीक्षा आगामी बैशाख १६ गते बिहीबार देखि सन्चालन हुने भएको छ । आधारभूत परीक्षा सन्चालन समितिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा माध्यमिक र आधारभूत तहका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बिहीबार देखि सन्चालन हुने परीक्षा २ सिफ्टमा सन्चालन गरिने स्रोत व्यक्ति नर बहादुर थापाले जानकारी दिनु भएको हो । विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ का कारण बैशाख २० गते भित्र परीक्षा सन्चालन गर्नुपर्ने भए पछि उक्त निर्णय गर्नु परेको थापाले बताउनुभयो । बैठकले बैशाख मसान्त भित्र नतिजा प्रकाशन गर्न सम्बन्धित विद्यालयलाई जानकारी समेत दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update