Erani Mahal
मास्क बाँड्दै पाल्पाका सिडियाे बसपार्कमा पुगेपछि‍‍‍..... !
p3
पाल्पा- जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितकाे टाेलीले आज तानसेन बजार परिक्रमा गरेर सर्वसाधारणलाइ मास्क वितरण गरेकाे छ । कोभिड १९ विरुद्ध जनचेतना जगाउने तथा स्वास्थ्य मापदण्ड पालना गराउने उद्देश्यले आज तानसेनमा तपाईको मास्क खाेई ? अभियान लिएर जिल्ला प्रमुख जिल्ला अधिकारी याेगेन्द्र प्रसाद पाण्डेय सुरक्षा निकायका प्रमुख तथा संघ संस्थाका प्रतिनिधिले बजारमा सर्वसाधारणलाइ माक्स लगाउन प्राेत्साहित गरेका हुन् । सो क्रममा मास्क नलगाई हिडने व्यक्तिहरुलाई मास्क लगाएर हिड्न अनुराेध सहित मास्क वितरण गरिएको छ । जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने तथा मास्क नलगाई हिडने व्यक्तिहरुलाई संक्रामक राेग ऐन २०२० बमोजिम जरिवाना गरिने व्यहाेरा जानकारी सहित सर्वसाधारणमा जनचेतना जगाउन कार्यक्रम गरिएकाे प्रजिअ पाण्डेयले बताउनुभयाे । काेभिड महामारीबाट आफू बचौ र अरुलाई पनि बचाउँ । भन्ने उद्देश्यले मास्क सहित सचेतना जगाइएकाे हाे । बजारमा प्रहरी प्रशासन सहितका टाेलीले मास्क बाँडेपछि सर्वसाधारण भने आश्चार्यमा परेका थिए । टाेलीले प्रशासन, सिल्खान, लहरेपिपल, बसपार्क, टूँडीखेल लगायतका स्थानमा तपाइकाे मास्क खाेइ भन्दै मास्क नलगाउनेलाइ मास्क दिएर काेराेना विरुद्धकाे सचेतना फैलाएकाे थियाे । पाल्पामा पछिल्लाे तीनदिनमा १ सय बढीमा काेराेना संक्रमण देखिएपछि सजगताकाे लागि अभियान चलाइएकाे हाे । तस्विर जिल्ला प्रशासन कार्यालयकाे फेशवुक पेजबाट ।
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update