Erani Mahal
रामपुरमा झोला बनाउने तालिम सम्पन्न
175853316_147768627285433_7483685562011916837_n
पाल्पा–रामपुर नगरपालिका वडा नम्बर ४ का महिलादिदीबहिनीले झोला बनाउने सीप सिकेका छन् । वडा स्तरीय महिला मुल समितिको आयोजना र रामपुर नगरपालिका वडा नं. ४ को सहयोगमा चलेको एक हप्ते झोला बनाउने तालिममा सहभागी महिलाहरुले एक हाते झोला बनाउने सीप पाएका हुन् । तालिममा रामपुर नगरपालिका वडा नम्बर ४ का ३० जना महिलाहरु सहभागी थिए । तालिम समापनको अबसरमा सहभागीलाई प्रमाणपत्र वितरण गर्नुहुदै रामपुर नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले तालिम लिएर मात्र तालिमको सार्थकता नहुने भन्दै सहभागीलाई बजारका सटरमा स्थानीय उत्पादनका झोला बिक्री गर्न राख्ने गरि व्यवसायिक बन्न अनुरोध गर्नुभयो । नगरपालिकाले महिला तथा युवाहरुलाई उद्यमी र व्यवसायिक बनाउन ब्याज मिनाहामा कार्यक्रम ल्याएको बताउदै हस्तकलादेखि ठुला ठुला व्यापार उद्योगमा लाग्न हिचकिचाउन नहुनेमा जोड दिनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष एक बहादुर नेपालीले वडाका महिलाहरुले एउटा–एउटा तालिम लिएर सबैलाई व्यवासायिक बन्न आग्रह गर्नुभयो । सामुदायिक रेडियो रामपुरका उपाध्यक्ष हमिद अलिमियाले व्यवहार परिवर्तन गरेर अब्बल बन्न सहभागीलाई आग्रह गर्दै महिलाहरु समुहमा आबद्ध भएर झोला बनाउने कार्यमा लागे इस्लामपुर ग्रिल उद्योगको तर्पmबाट सहयोग गर्ने बचन दिनुभयो । सुकुम्बासी समस्या समाधान आयोगका जिल्ला सदस्य दुर्गादेवी रानाले महिला आत्मनिर्भर बन्न र बोल्न सकेमात्र अगाडी आउन सक्ने भएकाले यसलाई हरेक महिलाले अबलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । न्यायिक समिति सदस्य एवं वडा नं.४ का वडा सदस्य पार्बती परियार, वडा सदस्य मकबुल मियाँ, नेपाली कांग्रेस वडा नं. ४ का सभापति बसन्तराम ठाडा, नेकपा एमाले वडा नं. ४ का वडा कमिटी अध्यक्ष टेक बहादुर क्षेत्री, पत्रकार सीता डोटेल, शुशिला रेग्मी, प्रशिक्षक बुद्धिमाया श्रेष्ठ, रानीबन् तथा बडवान् सामुदायिक बनका अध्यक्ष प्रेम बहादुर पोखरेल, प्रशिक्षार्थी रेनुकादेवी ठाडा लगायतले बोल्दै नितान्त आबश्यक तालिम चलेको र यसलाई अब व्यवसायिक बनाउनमा जोड दिनुभएको थियो । तालिम समापनका अबसरमा महिला समितिले सहभागी प्रमुख अतिथि सहितका पाहुनाहरुलाई मायाँको चिनो स्वरुप झोला प्रदान गरेको थियो । प्रशिक्षक बुद्धिमाँया श्रेष्ठलाई प्रमाणपत्र सहित झोला उपहार प्रदान गरिएको थियो । गत बैशाख ३ गतेदेखि चलेको तालिममा सहभागीलाई प्रमाणपत्र सहित एक–एक वटा झोला उपहार दिइएको थियो । सहभागीले हातमा लिने पर्स र एक तर्फी बोक्ने झोला बनाएका थिए । वडा स्तरिय महिला मुल समितिका कार्यबाहक अध्यक्ष सुमन खाम्चाको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष जुनु शेखले सहभागीलाई स्वागत गर्नुभएको थियो भने समिति सचिब कमला श्रेष्ठ परियारले धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महिला समितिका सदस्य लक्ष्मी थापा क्षेत्रीले गर्नुभएको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update