Erani Mahal
विहिवार पाल्पामा थपिए ३० जना काेराेना संक्रमित !
corona_virus
पाल्पा- पाल्पामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पछिल्लाे रिपाेर्ट अनुसार पाल्पामा ८ महिला र २२ जना पुरुष गरी ३० जनामा काेराेना पुष्टि भएकाे हाे । स्वास्थ्य कार्यालयका सूचना अधिकारी अोम प्रकास पन्थीका अनुसार माथागढीका ७ पुरुष ४ महिला निस्दी पूर्वखाेला र रिब्दीकाेटका १/१ जना पुरुष रैनादेवीका ४ पुरुष बगनासकाली २ पुरुष र तानसेन तथा अस्पतालका महिला ४ र पुरुष ६ गरी कुल २२ जना पुरुष र ८ जना महिलामा काेराेना देखिएकाे हाे । पाल्पामा अहिले सम्म काेराेना परीक्षण भएर पुष्टि हुनेकाे संख्या २ हजार १ सय २९ पुगेकाे छ । पाल्पामा तीन दिन यता १ सय बढीमा काेराेना देखिएकाे छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update