X
30
Shares

गुल्मीमा काेराेना जाेखिम घटाउन ‘तपाइकाे मास्क खाेइ’ अभियान !

रानीमहल संवाददाता || ९ बैशाख २०७८,बिहीबार ०७:२८

गुल्मी- गुल्मीमा काेराेना जाेखिम घटनाउन तपाइकाे मास्क खाेइ अभियान सुरु गरिएकाे छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र गुल्मीले तपाईंको मास्क खोई अभियान सुरु गरेको हाे ।

विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहर तथा नयाँ भेरियन्टको संक्रमण गुल्मीमा पनि देखिएकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्दै यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयाे ।

प्रमुख जिल्ला अधिकारी शर्माले कोरोनाको नयाँ भेरियन्ट देखा परेको र जिल्लामा संक्रमण बढेको बताउँदै काेराेनाबारे सजगता अपनाउन याे अभियानकाे सुरुवात गरिएकाे बताउनुभयाे ।

गुल्मीमा अहिले १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले गरेको निर्णय पालना गर्न सबैलाई प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह गर्नुभयाे । जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली, जनप्रतिनिधि, राजनितीक दलका प्रमुख तथा प्रतिनिधि सहित सुरक्षा निकायले सुरु यो अभियानले बुधबार विहान सदरमुकाम तम्घास बजारमा परिक्रमा गर्दै तपाईंको मास्क खोई अभियान सुरु भएको हो । कुनै कार्यक्रममा २५ जना भन्दा बढी सहभागी हुन नपाइने पनि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र गुल्मीले जनाएको छ ।

कोरोना लागे मृत्यु हुने अवस्था सिर्जना भएकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन प्रमुख जिल्ला अधिकारीले आग्रह गरिन् । मास्क लगाउन अटेरी गरेमा जरिवान गरिने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys