Erani Mahal
रामपुरकाे गाडाकोटमा भ्युटावर निर्माण सुरु
175189939_909796979810770_2250102039109928929_n
पाल्पा-पाल्पाको रामपुर नगरपालिका वडा नं २ गाडाकोट अत्रबासमा भ्युटावर निर्माण शुरु भएको छ । रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले भ्युटावरको शिलन्यास गर्दै निर्माण सम्पन्न गर्न नगरले पहिलो प्राथमिकता दिने बताउनुभयो । गौरबको योजनालाई स्थानीयले आफ्नो गाउटोलको विकास हो भनेर निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो । टावर बनिसकेपछी यसको महत्व र उच्च डाडोमा आउने पर्यटकको आवागमनले भ्युटावरले सार्थकता पाउने बताउनुभयो । नगरपालिकाको एक वडा- एक गौरवको योजना अन्तर्गत वडा नम्बर २ को सबैभन्दा अग्लो डाडोमा भ्य्टावर निर्माण थालिएको हो । सोही अबसरमा वडा अध्यक्ष ताराबहादुर थापाले गतवर्ष नै योजना सुरु गर्ने भनिएपनि कोभिडको कारणले समयमा नै योजना सुरु गर्न नसकिएको बताउनुभयो । अब निर्माण कार्यलाई तीव्र रुपमा अगाडी बढाउने बताउदै यसको लागि मेहनतका साथ टिम लाग्ने बताउनुभयो । वडागत गौरवको योजनाको १२ लाख रकमबाट भ्युटावर निर्माण शुरु गरिएको हो । आगामी ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित ४ तलाको भ्युटावर बन्ने निर्माण समितिका अध्यक्ष लक्ष्मण थापाले जानकारी दिनुभयो । भ्युटार निर्माण कार्य पूरा गर्न करिव ६० लाख रकम लाग्नेछ । दान र निजि जग्गा खरिद गरि भ्युटावर निर्माण थालिएको हो । स्थानीय मनबहादुर सार्कीले एक रोपनी ५ आना जग्गा स्वर्गीय बुवाको नाममा दिनुभएको छ भने हरिकला सार्कीको १२ आना, रविलाल सार्कीको ४ आना र सन्तोष सार्कीको ४ आना समितिले किनेको छ । भ्युटावर ठड्याउने, दुर्गादेवी मन्दिर व्यवस्थापन गर्ने र पार्क निर्माण गरि नगरको आकर्षक पर्यटकिय क्षेत्र बनाउने योजना स्थानियको छ। कालीगण्डकीवेशीका विभिन्न स्थानको अवलोकन गर्न र गाउले मन लोभ्याउने गरि भ्युटावर बनाउन थालिएको हो । दुर्गादेवी मन्दिर समितिका अध्यक्ष यम बहादुर थापाको अध्यक्षतामा चलेको कार्यक्रममा वडा सदस्य बालकुमारी थापाले स्वागत र सचिव ईमान सिं थापाले धन्यवाद दिनुभएको कार्यक्रमको संचालन सदस्य केशव थापाले गर्नुभएको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update