Erani Mahal
पाल्पामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि
Corona___
पाल्पा- पाल्पामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पछिल्लाे रिपाेर्ट अनुसार पाल्पामा १२ महिला र ३२ जना पुरुष गरी ४४ जनामा काेराेना पुष्टि भएकाे हाे । स्वास्थ्य कार्यालयका सूचना अधिकारी अोम प्रकास पन्थीका अनुसार माथागढीका २ पुरुष ३ महिला रामपुरका १७ पुरुष ४ महिला रैनादेवीका ३ पुरुष १ महिला बगनासकाली १ पुरुष तिनाउँका १ पुरुष १ महिला र तानसेन तथा अस्पतालका महिला ३ र पुरुष ८ गरी कुल ३२ जना पुरुष र १२ जना महिलामा काेराेना देखिएकाे हाे । पाल्पामा अहिले सम्म काेराेना परीक्षण भएर पुष्टि हुनेकाे संख्या २ हजार ९९ पुगेकाे छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update