Erani Mahal
पाल्पा माथागढीमा टिप्पर दुर्घटना : चालककाे मृत्यू  !
triper accdent
पाल्पा- जिल्लाकाे माथागढीमा टिप्पर दुर्घटना हुँदा चालककाे मृत्यू भएकाे छ । जिल्लाकाे माथागढी गा.पा. ०५ सुर्काबास स्थित गोठादी सुनवल कच्चि सडक खण्डमा सुनवलबाट माथागढी गा.पा.-५ स्थित रहेको चुनढुङ्गा खानी तर्फ आउँदै गरेको लु २ ख ३६३६ नं. को टिप्पर दुर्घटना भएकाे हाे । खाली टिप्पर सडकदेखी अन्दाजी १ सय मिटर तल खस्न जाँदा टिप्पर चालक जिल्ला सल्यान बस्ने बर्ष ३७ को भोला राम बोहोरा घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएकाे छ । सवारी दुर्घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेकाे प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update