Erani Mahal
रामपुर ३ का महिलालाइ सिलाई कटाई तालिम शुरु
174762436_302571448194168_6261001186011116788_n
पाल्पा - लघु उद्यम विकास कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका ३ का महिलाहरुलाई सिलाइ कटाई तालिम शुरु भएको छ । व्यबसाय नै संचालन गर्न सक्ने गरि महिलाहरुलाई आत्मनिर्भर र आर्थिक रुपमा सबल र सक्षम बनाउन ३ महिने आधारभूत सिलाई कटाई तालिम चलाइएको रामपुर नगरपालिकाका लघु उद्यम विकास कार्यक्रम संयोजक निरज पोखरेलले बताउनुभयो । रामपुुर नगरपालिकाको आयोजना र कालीगण्डकी मल्टी टेक्निकल इन्स्टिच्युट रामपुरको सहकार्यमा चलेको तालिमको उद्घाटन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बिष्णुदेवी आचार्य घिमिरेले तालिममा राम्रो गरि सिकेर घर तथा बजारका सटरमा मेसिन राखेर व्यबसाय राख्न सक्ने बन्न अनुरोध गर्नुभयो । "सिकाई ठूलो कुरा हो, घिमिरेले भन्नुभयो-सिक्नुस् कोट पाइन्ट सिलाउन सक्छु भन्ने आटले सिक्नुस् एडभान्स तालिम र मेसिन पनि किनेर दिन सकिने वातावरण सिर्जना सहभागीले गराउनुहोस्" । वडा अध्यक्ष दिनेशकुमार खनालले तालिमलाई सार्थकता दिने गरेर तालिम लिन आग्रह गर्नुभयो । कालीगण्डकी मल्टी टेक्निकल इन्स्टिच्युट प्रालि संचालक समितिका सदस्य निलकण्ठ भण्डारीले तालिम सिकेर आफ्नो जीवनमा सीप विकासले परिवर्तन ल्याउन सकिने बताउनुभयो । वडा अध्यक्ष दिनेश कुमार खनालको अध्यक्षतामा भएको तालिम शुभारम्भ कार्यक्रमको संचालन लघुउद्यम विकास कार्यक्रमका फोकल पर्सन निरज पोखरेलले गर्नुभएको थियो । तालिममा रामपुर नगरपालिका वडा नं ३ का ११ जना महिला सहभागी छन् । तालिमको सहजिकरण प्रशिक्षक शान्ति पोखरेल गौतम र सहायक कमला परियारले सीप सिकाउनुहुनेछ । साथै वडा नम्बर ३ मा नै मागको आधारमा दुनाटपरी तालिम संचालन हुनेछ ।
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update