Erani Mahal
आमा बच्चालाई निशुल्क सेवा दिने रामपुर अस्पतालको घोषणा
rad
पाल्पा - पाल्पाको रामपुर अस्पतालले पहिलो पटक अप्रेसन गरेर बच्चा जन्माएका आमा छोरीलाई उपचार खर्च निशुल्क गर्ने घोषणा गरेको छ । गत चैत ३१ गते अप्रेसन गरि बच्चा जन्माएको निस्दी ५ गल्धा बेलौजेकी यमसरी सारु र उनकी छोरी अग्रणी सारुलाई अस्पतालले आगामी ५ बर्षसम्म अस्पतालबाट दिने स्वास्थ्य सेवा निशुल्क प्रदान गर्ने अस्पतालले निर्णय गरेको हो । मंगलबार अस्पतालबाट डिश्चार्ज हुने क्रममा अस्पताल व्यबस्थापन तथा संचालन समितिले आमा छोरीको स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमा पहिलो अप्रेसनबाट बच्चा जन्माएकी सारु र नबजात शिशुको डिस्चार्ज हुने क्रममा ५ बर्षसम्म हरेक सेवामा निशुल्क गर्ने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष बासुदेव भट्टराईले बताउनुभयो । बेलौजे कि २७ वर्षिय सारु आइतबार गर्भ परिक्षणका लागि आउनुभएको थियो । सोमबार रगत व्यबस्थापन गरेर मंगलबार बिहान अप्रेसन गरिएको हो । अस्पतालका डाक्टर बासुदेव सुवेदीको नेतृत्वमा डाक्टर विनिता लामिछाने, नर्सिङ्ग स्टाफ सुनिता गौतम, अनु सुनाम र मनिष घर्ती मगर र एनएसथेसिया असिस्टेन्ट भानु अर्यालको टोलीले सफल अप्रेसन गरेको हो । रामपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट तथा प्रमुख डा. विजय परियारले गत फागुन १६ गते देखि विधिवत रुपमा निकसाईमन्स इस्टिच्युटको सहयोगमा शल्यक्रिया सहितको प्रसुति सेवा शुभारम्भ गरे पछि सारुको पहिलो अप्रेसन भएको हो । दोस्रो सन्तानको रुपमा सारुको अप्रेसन गरि बच्चा जन्मिएको बताउनुभयो । आमा र बच्चाको अबस्था सामान्य रहेको उहाले बताउनुभयो । मंगलबार बिहान ९ बजेर २ मिनेटमा अप्रेशन बाट ३ केजी ४५० ग्रामको छोरी जन्मिएकी थिइन् । भिडियो एक्सरे गर्दा सालनाल पाठेघरको मुखमा रहेको देखिए पछि परिवारको स्वीकृतमा अप्रेसन गरिएको थियो । "अस्पतालका दक्ष डा. सहितको सल्लाहबाट अप्रेसन शुरु भयो" अस्पताल विकास समितिका सदस्य इश्वरी खनालले भन्नुभयो-" डेलिभरी केसमा पहिलो सफल अप्रेसन गरेर अस्पतालको गरिमा बढ्यो यस क्षेत्रका महिलालाई सहुलियत भयो । साथै, रामपुर अस्पतालमा पहिलो अप्रेसनबाट जन्मेको नबजात शिशुको लागि रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले नगरभित्र निशुल्क शिक्षाको व्यबस्था गर्ने प्रतिबद्धता गर्नुभएको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update