Erani Mahal
पाल्पामा काेराेना संक्रमण बढ्याे : संक्रमण नियन्त्रण गर्न डिसीसीएमसीकाे १३ निर्णय
175648456_227389115847328_93016881187537145_n
पाल्पा – कोरोना संक्रमण बढ्दै गएपछि पाल्पामा थप सतर्कता अपनाइएको छ । मंगलबार पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बसेकाे डिसीसीएमसीकाे बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि १३ वटा निर्णय गरेको छ । जिल्लामा कोरोनाको संक्रमण बढ्दै गएकाले उच्च सतर्कता अपनाउँदै कोरोना नियन्त्रणका लागि सबैले आवश्यक सजगता र तयारी गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । उहाँले भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढेको र त्यसको प्रत्यक्ष असर पाल्पा जिल्लामा समेत देखिएको बताउनुभयो । पाल्पामा केही दिनअघि कोरोना संक्रमण दर १२ प्रतिशत रहेकोमा बढेर २० प्रतिशत हुँदै ५० प्रतिशत पुगेको उहाँले बताउनुभयो । अबदेखि कोरोना परीक्षण गरिएकामध्ये ५० प्रतिशत बढीमा कोरोना संक्रमण देखिने सम्भावना रहेकाले जिल्लामा क्रियाशिल सबैले कोरोना नियन्त्रणका लागि काम गर्नुपर्ने बेला आएको प्रजिअ पाण्डेले बताउनुभयो । बैठकमा लुम्विनी प्रदेश सभा सदस्य नारायण आचार्य, राजनैतिक दलका तर्फबाट नेपाली कांग्रेसका सचिव झपेन्द्र गहिरे, राष्ट्रिय जनमाेर्चा पाल्पा अध्यक्ष विशाल दर्लामी, राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कँवर, सुरक्षा निकायका प्रमुख, पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेय, स्वास्थ्य कार्यालय, पाल्पा अस्पताल, जिसस, पत्रकार महासंघ पाल्पा, पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, यातायात व्यवसायी, होटल व्यवसायी लगायत संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसैबीच जिल्लास्थित कोरोना संकट व्यवस्थापन समितिको बैठकले भीडभाड हुने खालका कुनै सभासम्मेलन गर्न रोक लगाउने, विभिन्न सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना गराउनेलगायतका १३ वटा निर्णयहरू गरेको छ । निर्णयहरू :-
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update