Erani Mahal
पाल्पामा काेराेना बिरूद्धकाे दाेस्राे डाेजकाे खाेप लगाउन सुरू
khop1
पाल्पा – पाल्पा जिल्लामा कोरोना बिरुद्धको दोस्रो डोजको खोप लगाउने कार्य सुरु भएको छ । यसअघि माघ र फागुन महिनामा पहिलो डोजको काेराेना बिरूद्धकाे खोप लगाएका व्यक्तिहरूले दोस्रो पटकको खोप लगाइएक हुन् । मङ्गलबार जिल्लामा क्रियाशिल ४८ जना पत्रकार र सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, बैँक तथा वित्तीय सङ्घसंस्थाका कर्मचारीलगायतले खोप लगाएका छन् । जिल्लामा स्थानीय तहमा स्वास्थ्य चाैकी, स्वास्थ्य केन्द्र, विभिन्न अस्पताल, पाल्पा अस्पताल तथा रामपुर अस्पतालले खाेप लगाएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले दिएकाे जानकारी अनुसार दोस्रो डोजको खोप चार हजार ६४५ जनाले खोप लगाउने तय भएको छ । दोस्रो डोजको खोप मङ्गलबारदेखि बैशाख ११ गतेसम्म लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । पन्थीका अनुसार पहिलाे दिन ८०१ पु्रूष र ९३५ महिला गरी एक हजार ७५४ जनाले काेराेना बिरूद्धकाे खाेप लगाएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update