Erani Mahal
पाल्पामा १९ जनामा काेराेना संक्रमण : १५ जना संक्रमित भारतबाट फर्किएका !
Corona_
पाल्पा – पाल्पामा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका १५ र जिल्लाभित्रका चार जना गरी १९ जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । तानसेनका आठ, रिब्दीकोटका दुई, बगनासकालीका दुई, रैनादेवी छहराका चार, पूर्वखोलाका दुई र रामपुरका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ३९ जनामा गरिएको परीक्षणमा १९ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । उहाँका अनुसार २४ घण्टामा १९ जनामा कोरोना पुष्टि भएको हो । सङ्क्रमित सबै होम आइसोलेसनमा रहेका छन् । [caption id="attachment_14291" align="alignnone" width="768"] Blood sample with coronavirus positive[/caption] पन्थीले १९ जनामध्ये १५ जना कोरोना सङ्क्रमित भारतबाट आएका मानिस परेका बताउनुभयो । भारतबाट आएकालाई नेश्नल प्याथल्याब बुटवल, लुम्विनी प्रादेशिक अस्पताल बुटवल, लुम्विनी मेडिकल कलेज र पाल्पा अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म १७ हजार २७ जनाको कोरोना परीक्षण भएको छ । परीक्षण भएकामध्ये दुई हजार ३६ जना सङ्क्रमित भएका थिए । हाल जिल्लामा ५४ जना सक्रिय सङ्क्रमित रहेका छन् । बाँकी सबै कोरोना निको भइसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update