Erani Mahal
पाल्पामा  थप १९ जनामा कोरोना संक्रमण पुष्टि
corona-virus-covid-19
पाल्पा- पाल्पामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पछिल्लाे रिपाेर्ट अनुसार पाल्पामा ४ महिला र १५ जना पुरुष गरी १९ जनामा काेराेना पुष्टि भएकाे हाे । स्वास्थ्य कार्यालयका सूचना अधिकारी अोम प्रकास पन्थीका अनुसार रामपुर र पूर्वखाेलाका १/१ जना पुरुष रैनादेवीका ४ पुरुष बगनासकाली र रिव्दीकाेटका २/२ जना पुरुष तानसेन तथा अस्पतालका महिला ४ र पुरुष ४ गरी कुल १५ जना पुरुष र ४ जना महिलामा काेराेना देखिएकाे हाे । पाल्पामा अहिले सम्म काेराेना परीक्षण भएर पुष्टि हुनेकाे संख्या २ हजार ५५ पुगेकाे छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update