Erani Mahal
पाल्पा निस्दी जिप दुर्घटना अपडेट : तीन जना गम्भीर घाइते
accdent bus
पाल्पा - निस्दीमा जिप दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छ्न। निस्दी गाउँपालिका वडा नम्बर - ३, झिरुबास , खादरदेखी रामपुरका लागि छुटेको ग १ ज ५७११ नम्बरको जिप गल्धाको पिपलभन्ज्याङ्ग नजिकै सोमबार बिहान करिब ८ बजेतिर दुर्घटना भएको हो । चालकसहित १० जना सवार रहेको जिप दुर्घटनामा परी ३ जना गम्भीर घाइते र अन्य सामान्य घाइते भएका छन् । गम्भीर घाइते हुनेहरूमा निस्दी- ४, मित्यालको वर्ष ७० का चुडाम सिं सुनारी, निस्दी - ३, झिरुबासको वर्ष ४९ की केशरी सोमै र निस्दी- ४, मित्यालको वर्ष ६४ को फत्य सिं ठाडा रहेको रुक्सेभन्ज्याङ्ग प्रहरी चौकी मित्यालका प्रमुख डेढ बहादुर थापाले बताउनुभयो । घाइते सबैलाई प्रहरी र स्थानीयले उद्धर गरेर उपचारको लागि रामपुरमा पठाएको प्रहरीले जनाएको छ। जिप सडकबाट करि ५ मिटर तल सालको रुखमा आडेर बसेकोले धेरै ठुलो क्षति हुन नपाएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update