Erani Mahal
कुम्भ मेलाबाट फर्केका रामपुरबासीलाई क्वारेन्टाइनमा बस्न आग्रह
174652324_136690301761632_4316503343698263640_n
पाल्पा- भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा गएर फर्केकाहरुमा कोरोना पोजेटिभ देखिएपछि पाल्पाको रामपुर नगरपालिकाले सो मेलामा सहभागी भएर फर्केका नगरबासीलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी सयौँ मानिस कोरोना भाइरसबाट भारतमा संक्रमित भएको पुष्टि भएपछि त्यहाँबाट आउनेहरूलाई क्वारेन्टाइनमा बस्न अनुरोध गर्दै स्थानीय सरकारले सुचना नै जारी गरेको हो । नगर प्रमुख रमण बहादुर थापाद्दारा हस्ताक्षरित सुचनामा कुम्भ मेलाबाट छिमेकी जिल्लामा फर्केकाहरू मध्य केहीमा कोरोना पोजेटिभ देखिएकाले आफैं पनि स्वास्थ्य सतर्कता अपनाउन, घर परिवार र समाजलाई मध्यनजर गर्दै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ। मेलाबाट संगै फर्किएका छिमेकि जिल्लाका केहीमा आइतबार बिहानै कोभिड देखिएको जानकारी पछि फोन सम्पर्क गरि क्वारेन्टाइनमा बस्न अनुरोध गरेपनि कतिपयले वेवास्ता गरेकोले तत्काल सचेतना पुर्‍याउनका लागि सुचना जारी गरिएको नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो । संगै फर्किएकाहरु थप साबधानी र सजकता अपनाउन पर्ने भएकाले घर परिवार र उहाँहरुको सम्पर्कमा आउनुभएकाहरुलाई अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्न भनिएको छ । उनीहरुलाई निगरानी गर्न राजनितिक दल, जनप्रतिनिधि, वडा कार्यालय, नागरिक समाज, टोल बिकास सस्था, उद्योगी, ब्यबसायी, सामुदायिक सस्था र सन्चारकर्मीलाई अनुरोध गर्दछु पत्रमा उल्लेख छ । संगै गएर फर्किएका स्याङ्जा चापाकोटका ४ जनामा कोभिड संक्रमण भएको पुष्टि भएको छ । संगै फर्किएका बाकी नागरिकको समेत पिसिआर जाँच गरिएको छ । गत चैत २२ देखि २ हप्ता सम्म कुम्भ मेला लागेको थियो । रामपुर सहित छिमेकी स्याङ्जाको टोली चैत २७ गते भारत लागेको थियो । झण्डै १ हप्ता कुम्भ मेलामा सहभागी भयो । कुम्भ मेलामा सहभागी मध्ये भारतका १७ सयभन्दा बढी नागरिकमा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ । बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको हो । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार एक रोल्पा, तीन बर्दिया, चार दैलेख, छ बाँके र एक जना सुर्खेतका रहेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update