Erani Mahal
निस्दीबाट रामपुर आउँदै गरेको जीप दुर्घटना !
accdent bus
पाल्पा- पाल्पाको निस्दी ३ झिरुबास खादरबाट रामपुर आउदै गरेको जिप गल्धामा दुर्घटना भएको छ । दुर्घटनामा केही घाइते भएका छन् । खादरबाट रामपुरका लागि छुटेको सो जिपमा धेरैजना वृद्धभत्ता बुझ्न आउने नागरिक परेको स्थानियले बताएका छन् । लु १ ज ५७११ नम्बरको जिप निस्दी ५ गल्धा पिपल भञ्ज्याङ्गमा दुर्घटना भएको हो। दुर्घटनाका घाईतेहरुलाई रामपुर अस्पतालमा उपचारको लागि ल्याइएको प्रहरीले जनाएको छ । दुुुर्घटना बारे थप विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update