Erani Mahal
माथागढीमा सहकारी सञ्जाल गठन, अध्यक्षमा पन्थी चयन
ddda
विकास काफ्ले, पाल्पा – माथागढी गाउँपालिकामा गाउँपालिका स्तरीय सहकारी सञ्जालको गठन गरिएको छ । जसको अध्यक्षमा राजकुमार पन्थी, उपाध्यक्षमा टेकुराम गाहा, सचिवमा तुलसीराम भुसाल, कोषाध्यक्षमा लक्ष्मी न्यौपाने चयन हुनुभएको छ । आइतबार झडेवामा भएको गाउँपालिकाभित्रका सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको भेलाले गाउँपालिका स्तरीय सहकारी सञ्जाल गठन गरेको हो । सहकारी संजालको सदस्यहरुमा नारायण सिंह राना, जानुकादेवी राना, देउबहादुर कँवर, सम्मरबहादुर सुर्यबंशी र राजेशकुमार नेपाली, कालुराम लुङ्चे र नुरबहादुर दर्लामी रहनुभएको छ । माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालको अध्यक्षतामा भएको पालिका स्तरीय सहकारीहरुको भेला तथा अन्तरक्रियाबाट सञ्जाल गठन गरिएको गाउँपालिकाका अधिकृत नारायण न्याैपानेले जानकारी दिनुभयाे । सन्जालबाट सहकारी सम्बन्धी कार्यक्रम गरिने उहाँले बताउनुभयाे । अन्तरक्रियामा सहकारी संस्थाको विकासमा गाउँपालिकाले ध्यान दिनुपर्ने, विकास निर्माण तथा उत्पादनका कार्यक्रमसँग सहकारीलाई जोड्नुपर्ने अन्तरक्रियामा सहभागीहरुले सुझाव दिएका थिए । कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापा, उपाध्यक्ष निर्मला भट्टराईको समेत सहभागिता रहेको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update