Erani Mahal
बाँसटारी–झडेवा–गोठादी सडकखण्डको तीन स्थानमा कल्भर्ट निर्माण सुरु
Tinau-kalvert
पाल्पा – बाँसटारी–झडेवा–गोठादी सडकखण्डको तीन स्थानमा (कल्भर्ट) पुल निर्माणको काम सुरु भएको छ । उक्त सडक खण्डको बुढी तिनाउ, ओझा खोला र झडेवाको झडेवा खोलामा गरी तीन स्थानमा एकै पटक कल्भर्ट निर्माणको काम सुरु भएको हो । लुम्विनी प्रदेश सरकारको लगानीमा तीन स्थानमा कल्भर्ट निर्माणको काम सुरु गरिएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ । पूर्वाधार कार्यालयका प्रमुख प्रेमनारायण बस्यालका अनुसार प्रदेश सरकारले आव २०७७/०७८ मा विनियोजन गरेको एक करोड ७४ लाख रुपियाँ ३९ हजार रुपियाँ लागतमा तीन वटा कल्भर्ट निर्माणको काम भईरहेको छ । बाँसटारी–झडेवा–गोठादी सडकखण्डको बुढी तिनाउ र ओझा खोलामा डबल स्पानसहित तीन/पाँच मीटरका दुई वटा र झडेवा खोलामा कल्भर्ट निर्माणको काम भईरहेको छ । तीन वटै स्थानमा कल्भर्ट बनाउने क्रम जारी रहेको र हालसम्म ३० प्रतिशत काम सकिएको सडक पूर्वाधार कार्यालय पाल्पाले जनाएको छ । एक महिनाअघिदेखि सुरु भएको कल्भर्ट निर्माणको काम चालु आवको असार मसान्तभित्रै सक्ने गरी काम भईरहेको कार्यालयका इन्जिनियर अरुण गुप्ताले जानकारी दिनुभयो । काम गर्न समय अबधि २०७८ मङ्सिर १५ सम्म भएपनि निर्माण व्यवसायीले आगामी असारभित्रै काम सक्ने इन्जिनियर गुप्ताले दावी गर्नुभयो । सिद्धार्थ दशरथ सिर्जना जेभी रुपन्देहीका प्रतिनिधि सुबोध पाण्डेयले २०७८ असार मसान्तभित्र तीन वटै कल्भर्ट निर्माणको काम सकिने जानकारी दिनुभयो । ‘कल्भर्ट निर्माणको काम यो वर्षको वर्षात्अघि नै सक्ने भईरहेको छ उहाँले भन्नुभयो ।’ [caption id="attachment_17929" align="alignnone" width="768"] हाल कल्भर्ट बन्न लागेकाे स्थानमा वर्षातमा सवारीसाधन वारपार गर्न नसक्ने अवस्था हुन्छ । [/caption] यस क्षेत्रमा कल्भर्ट नहुँदा वर्षात्को समयमा जोखिम मोलेर सयौँ सवारीसाधन गुडाउनुपर्ने बाध्यता थियो । झडेवा खोला र माडीका दुई साना खोलामा कल्भर्ट बनेपछि भने जुनसुकै समयमा पनि यात्रा सहज हुने स्थानीय बासिन्दाको भनाई छ । ‘कल्भर्ट नहुँदा वर्षात्मा यात्रा गर्न असहज थियो अब कल्भर्ट बनेपछि भने जुनसुकै समयमा अन्यत्र आउन जान सहज हुने भएको छ स्थानीय बासिन्दा जगतबहादुर थापाले भन्नुभयो ।’ यस स्थानमा वर्षौदेखि कल्भर्ट नहुँदा वर्षाको समयमा खोला बढेर दुई÷तीन दिनसम्म सवारीसाधन वारपार गर्न नसक्ने अवस्था रहेको थियो । वर्षौदेखि यस क्षेत्रका नागरिकले कल्भर्ट बनाउन माग गरेपनि बन्न सकेको थिएन । यसअघि प्रदेश सरकारको लगानीमा अम्लिहानमा पुल बनाइसकेको छ भने बधबारीमा पनि पुल बनाइरहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update