Erani Mahal
पाल्पामा काेराेना संक्रमितकाे संख्या बढ्दै : थप २७ जनामा काेराेना पुष्टि !
corona
पाल्पा – जिल्लामा थप २७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । माथागढीमा ३, रैनादेवी छहरामा ३, रिब्दीकोटमा ३, रम्भामा ३ र निस्दी गाउँपालिकामा ३ जना, पूर्वखोला, बगनासकाली, तिनाउमा १/१ र तानसेनमा १२ जना गरी २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । चैत ३० गतेदेखि बैशाख ५ गतेसम्ममा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । १०९ जनामा गरिएको परीक्षणमा २७ जना संक्रमित देखिएको उहाँले बताउनुभयो । पाल्पामा हाल जिल्लाका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा गरी ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म पाल्पामा ३८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update