Erani Mahal
गुल्मीमा ६ हजार ७ सय सवारी साधनलाइ कारवाही !
traffiec gulmi
गुल्मी- गुल्मीमा सवारी कारवाहीमा परी नौ महिनाको समय अबधिमा करिब ४४ लाख राजस्व संकलन भएको छ । साउनदेखी चैत्रमहिनासम्म नौ महिनाको अवधिमा कुल ४३ लाख ८८ हजार पाचँ सय रुपैँया राजस्व संकलन भएको छ । सो अवधिमा कुल छ हजार ७५० सवारी कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्णप्रसाद आचार्यले बताउनुभयाे । [caption id="attachment_17919" align="alignnone" width="768"] साउनमा ४५० सवारीबाट दुई लाख ७२ हजार पाचँ सय, भदौमा ४५० सवारी कारवाहीबाट दुई लाख ७९ हजार, असोजमा छ सय सवारी कारवाहीबाट चार लाख २३ हजार पाचँ सय राजस्व संकलन भएको छ । कात्तिकमा ७५० सवारीबाट पाचँ लाख १२ हजार, मंसिरमा आठ सय सवारीबाट पाचँ लाख ७० हजार, पुसमा नौ सय सवारी कारवाहीबाट पाचँ लाख ६४ हजार पाचँ सय, माघमा नौ सय सवारी कारवाहीबाट पाचँ लाख ७४ हजार, फागुनमा ९५० सवारी कारवाहीबाट पाचँ लाख ९५ हजार पाचँ सय तथा चैतमा ९५० सवारी कारवाहीबाट पाचँ लाख ९५ हजार राजस्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख आचार्यले जानकारी दिनुभयाे । चैत महिनामा संकलन गरिएको राजस्व जिल्लामा ट्राफिक कार्यालय स्थापना भएदेखि हालसम्मकै उच्च रहेको कार्यालय प्रमुख आचार्यले बताउनुभयाे । गत आर्थिक बर्ष ०७६÷७७ मा कुल पाचँ हजार ८७ सवारी कारवाहीबाट ३१ लाख ८९ हजार राजस्व संकलन भएको थियो । गत आर्थिक बर्षको भन्दा यस बर्षको तीन महिना अगावै १२ लाखभन्दा बढी राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । आ.व. ०७५÷७६ मा कुल छ हजार ३८९ सवारी कारवाहीबाट ३८ लाख २९ हजार राजस्व संकलन गरिएको छ भने आ.व. ०७४÷७५ मा चार हजार ८०२ सवारी कारवाहीबाट २८ लाख ९३ हजार पाचँ सय राजस्व संकलन गरिएको आचार्यले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update