Erani Mahal
नेकपा माओवादी केन्द्र पाल्पाको कार्यालय उद्घाटन
172198105_1379588712403877_2146743182108336383_n
पाल्पा- नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) को जिल्ला पार्टी कार्यालय संचालनमा ल्याइएको छ । कार्यालयको पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य तुलाराम घर्तीले उद्घाटन गर्नुभयो । कार्यालय उद्घाटन गर्दै पार्टीको संगठन निर्माण र अभिलेखिकरणमा लाग्न सबै कार्यकर्तालाई आग्रह गर्नुभयो । यस्तै जिल्ला भर संगठन विस्तार सुदृढिकरण अभियान समेत चलाउने प्रमुख अतिथि घर्तिले बताउनुभयाे । माओवादी र एमाले एकिकरण भएपछि सँगै रहेको कार्यालय पार्टी छुट्टा छुट्टै भएपछि नयाँ कार्यालयमा सरेको हो । पार्टी कार्यलय उद्घाटन कार्यक्रममा प्रदेश सदस्य नेत्र प्रसाद पाण्डेय, जिल्ला सचिव राजेन्द्र विक, नगर अध्यक्ष नारायण कार्की, नेतृ प्रतिक्षा सिंजाली, नेता मथुरा ढकाल, गणेश राज ज्ञवाली, जहरसिंह सारु लगायतको उपस्थिति रहेको थियो । तानसेनकाे सिल्खान पेट्राेलपम्प नजिकै कार्यालयकाे सुरुवात गरिएकाे हाे ।
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update