Erani Mahal
रामपुरमा झाेला बनाउने तालिम सुरु
Screen Shot 2021-04-16 at 20.02.27
पाल्पा- रामपुर नगरपालिका वडा नं. ४ मा एक हप्ते झोला बनाउने तालिम सुरु भएको छ । वडा स्तरिय महिला मुल समिति रामपुर ४ को आयोजना र वडा नं. ४ को आर्थिक सहयोगमा तालिम सुरु भएको हो । वडा कार्यालयमा सुरु भएका तालिमको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले महिलाहरुलाई सिप सिकेर व्यवहारमा लागु गरी आत्मनिर्भर बन्छु भन्ने लक्ष्यका साथ सहभागी हुन आग्रह गर्नुभयो । उहाँले सिपसिकेर प्रमाण पत्र समाउने मात्र नभै जीवन परिवर्तन गर्छु भनेर व्यवसायमा लाग्न अनुरोध गर्नुभयो । उहाँले हस्तकालाका सामानहरुको बजारिकरणमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका न्यायिक समिति सदस्य एवं वडा नं. ४ का वडा सदस्य पार्बती परियार , नेपाली कांग्रेस वडा नं. ४ का सभापति बसन्त राम ठाडा, नेकपा एमाले वडा नं. ४ का वडा कमिटी अध्यक्ष टेक बहादुर क्षेत्री, वडा सचिव रजनी भण्डारीले तालिम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । वडा स्तरिय महिला मुल समितिका अध्यक्ष सुमन खाम्चाको अध्यक्षतामा भएको कार्यक्रम, कोषध्यक्ष जुनु शेखको स्वागत बाट सुरु भएको थियो । समितिका सदस्य मुना दिसुवाको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव कविता श्रेष्ठले गर्नु भएको हो । ७ दिन सम्म सञ्चालन हुने तालिममा वडा नं. ४ का ३० जना महिलाहरुको सहभागी रहेको छ । तालिमको सहजीकरण बुद्धिमायाँ श्रेष्ठले गरिरहनु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update