Erani Mahal
रामपुरमा बस र मोटरसाइकल ठोक्किदा एक घाइते
accedent
पाल्पा- काठमाडौबाट रामपुर आउदै गरेको बस र रामपुर बेझाडबाट गण्डकीढिक तर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठक्कर खादा एक युवा घाइते भएका छन् । बिपरित दिशाबाट आइरहेको बस र मोटरसाइकल कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका ४ खोप्टारमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाईकलमा रहेका नवलपुर जिल्ला बौदीकाली गाउँपालिका ३ रकुवाका १९ वर्षिय अस्मित सुनार घाईते भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । घाईते सुनारको रामपुर अस्पतालमा सामान्य उपचार पछि लुम्बिनी मेडिकल कलेज प्रभासमा रेफर गरिएको अस्पतालले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । काठमाडौबाट रामपुरका लागि बिहान छुटेको लु २ ख २५६८ नम्बरको बस र विपरित दिशाबाट आइरहेको मोटरसाईकल ठोक्किएको हो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update