Erani Mahal
पत्रकार महासंघ पाल्पामा नयाँ समितिलाइ पद हस्तान्तरण
FNJ-Palpa-2077
पाल्पा-नेपाल पत्रकार महासंघ पाल्पामा नव निर्वाचित पदाधिकारीहरुलाइ पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएकाे छ । चैत २५ गते सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष रेखिराम राना सहितको कार्यसमितिलाई पुरानो कार्यसमितिले पद हस्तान्तरण गरेको हो । पद हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष राजेश कुमार अर्यालले सामाजिक तथा आर्थिक अनुशासन कायम राख्न नयाँ कार्यसमितिलाई शुभकामना दिनुभयाे । निर्वाचनको कार्यक्रमबाट नयाँ कार्यसमिति आउँदा केही साथीहरु छुटेको भएता पनि नयाँ कार्यसमितिले सबैलाई समान व्यवहार गर्दै संस्थागत हितमा काम गर्न अग्रसर हुनुपर्छ । ‘उर्जाशील नयाँ पत्रकारहरुको शक्ति महासंघमा आएको छ, यसलाई संयमीत बनाउन उपाध्यक्ष निकै पाको पनि हुनुहुन्छ चेक एण्ड ब्यालेन्समा महासंघ अगाडी बढ्ने विश्वास लिएको छु,’ निवर्तमान अध्यक्ष अर्यालले भन्नुभयाे । कार्यक्रममा बोल्दै शाखाका सल्लाहकार गोविन्द भट्टराईले पत्रकारले कुनै पनि विषयवस्तुलाई सहि र गतल छुट्याउन सक्ने भएका कारण अग्रहहरुको सम्मान गर्दै अगाडी बढ्नुपर्ने सुबताउनुभयाे । यस्तै सल्लाहकार झपेन्द्र गहिरेले लोकतान्त्रिक व्यवस्था अनुसार बनेको कार्यसमितिले अहिलेको गरिमालाई कायम राख्दै संस्थागत हितमा काम गर्न शुभकामना व्यक्त गर्नुभयाे । पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष रेखिराम रानाले सुशासनका लागि सूचनाको हक कार्यान्वयन गर्न तथा अग्रजहरुले देखाएको बाटोमा अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिले निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेको थियो । यस्तै निर्वाचन समितिका तर्फबाट जोगलाल विकले निष्पक्ष निर्वाचन कार्यक्रमबाट नयाँ कार्यसमिति चयन भएको भन्दै शुभकामना व्यक्त गर्नुभयाे ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update