Erani Mahal
कर्मचारी निधनकाे शाेकमा गुल्मी प्रशासन ६ गतेसम्म बन्द
dao gulmi
पाल्पा - प्यूठानमा बुधबार भएको जिप दुर्घटनामा परि ज्यान गुमाएका जिल्ला प्रशासन कार्यालय गुल्मीका राष्ट्र सेवकहरुको शोक स्मृतिमा विहिबार जिल्ला प्रशासन कार्यालय पुर्ण रुपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्यूटर अपरेटर सुर्य पन्थी, खरिदार ईश्वरी भण्डारी, यम लालपन्थी र चालक केशव कार्किको जीप दुर्घटनामापरि ज्यान गएपछि प्रशासनले विहिबार एक विज्ञप्ती जारी गरि मृतकहरुको शोकमा कार्यालय बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीद्वारा जारी विज्ञप्तीमा बिहिबारका लागि कार्यालयको कामकाज पुर्ण रुपमा बन्द रहने र शुक्रबारदेखि वैशाख ६ गते सोमबारसम्मका लागि शान्ती सुरक्षा र मुद्धा सम्बन्धिका कामकाज वाहेक अन्य सम्पूर्ण सेवा प्रवाह संचालन नहुने बताईएको छ । नयाँ वर्षको अवशरमा बुधबार गुल्मीको सदरमुकाम तम्घासवाट स्वर्गद्धारी दर्शनका लागि चार जना बच्चा, ११ जना कर्मचारीहरु र चालक सहित अन्य दुई गरि १७ जना सवार लु १ ज १६५५ नम्बरको जीप प्यूठान नगरपालिका ३ रुमाले नजिकै दुर्घटना भएको थियो। दुर्घटनामापरि घाईते बनेका ७ जनालाई बिहिबारनै हेलीकप्टर मार्फत उपचारका लागि काठमाण्डौ लगिएको छ भने एक जनाको प्यूठान अस्पताल विजुवारमा उपचार भैरहेको छ । अन्य चार जना भने सामान्य उपचारपछि घर फर्कि सकेको प्रकाशकीय अधिकृत उद्धव पन्थीले जानकारी दिनु भएको छ । दुर्घटनाका मृतक पाँच जना मध्य प्रशासकीय अधिकृत श्याम न्यौपानेको शव घरपरिवारलाई जिम्मा दिई सकिएको छ भने अन्य चार जनाको शवलाई शुक्रबार अपरान्हसम्म गुल्मीको सदरमुकाम तम्घास ल्याइँएको छ । कार्यालयले मृतकहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । दुर्घटनाको खबरसँगै गुल्मी जिल्ला यतिवेला शोकमग्न बनेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update