Erani Mahal
निस्दीका १ सय घर परिवारलाइ उत्पादनशील बाख्रा वितरण
171856495_947925719372067_4418713137202116662_n
पाल्पा - निस्दीका १ सय घर परिवारले उत्पादनशील बाख्रा पाएका छन । नेपाल सरकार कृषि मन्त्रालय पशु सेवा विभागको लागत साझेदारी कार्यक्रम तथा निस्दी गाउँपालिका पाल्पा र गल्धा महिला सामाजिक उद्धमी सहकारी संस्थाको संयुक्त लगानीमा बाख्रा हस्तान्तरण कार्यक्रम भएको हो । सहकारी संस्थाकी अध्यक्ष तिरण कुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले किसानहरुलाई बाख्रा हस्तान्तरण गर्नुभएको हो। संस्थाकी उपाध्यक्ष सीता अर्यालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथी सारु , गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्याल , नेकपा एमाले जिल्ला कमिटी पाल्पाका सदस्य देवीलाल लामिछाने , हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत शोभाखर न्यौपाने , निस्दी गाउँपालिका पशु सेवा शाखाका संयोजक ओम मश्राङ्गी लगायतले बोल्नुहुँदै कृषकहरुलाई बाख्रा पालनबाट आत्मनिर्भर रहन शुभकामना दिनुभएको थियो । कार्यक्रमबाट निस्दी गाउँपालिका वडा नम्बर ५ गल्धाका १ सय घर परिवारले प्रतिघर १ वटा उत्पादनशील बाख्रा र १० समुहले एक एक वटा उन्नत जातका बोका पाएका छन । गल्धाको ढुंगानावेशीमा भएको कार्यक्रमको संचालन सहकारी संस्थाकी व्यवस्थापक दिलमाया रानाले गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update