Erani Mahal
पाल्पाका वडाअध्यक्ष सहितका नेता जुवाखालबाट पक्राउ  !
juwade
पाल्पा- रुपन्देहीको सालझण्डीबाट सात जना जुवाडे पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरु ठूला पार्टीका नेता तथा पूर्व निलम्बित वडा अध्यक्ष समेत रहेका छन् । जुवा (तास) खालबाट पक्राउ पर्नेहरुमा रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ सत्यवतीका स्थानीय नेताहरु रहेका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालको नेतृत्वमा गएको टोलीले स्थानीय गाहा होटलबाट उनीहरु सहित ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा सालझण्डीका केही ब्यापारी समेत रहेको जनाइएको छ । जुवाडेको साथबाट १६ हजार २ सय ४५ रुपैयाँ नगद रकम बरामद गरिएको पनि प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई कानुन बमोजिम मुद्दा चलाइने प्रहरीले बताएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update