Erani Mahal
नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान
173828463_169495411694660_8490020553247621007_n
पाल्पा-नौलो बिहानी युवा क्लब निस्दी-६,अर्चले,सात्दोबाट,पाल्पाले नव वर्ष २०७८ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । क्लबका अध्यक्ष होम राई मगरको अध्यक्षतामा चलेको कार्यक्रमका मुख्य पाहुना निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष तथा क्लबका सल्लाहकार मेख बहादुर सुनारी रहनु भएको थियो । कार्यक्रममा शुभकामना दिनु हुँदै सुनारीले सामाजिक काममा सक्रिय रहन युवाहरु सदैव तत्पर रहनुपर्ने बताउनुभयो । कार्यक्रममा समाजसेवी कृष्ण बहादुर सुनारी,खेम बहादुर बिक लगायतकाले शुभकामना सन्देश दिदै भाइचाराको सम्बन्ध कायम राख्न युवाको भुमिका महत्त्वपूर्ण हुने कुरामा जोड दिनुभएको थियो । सोही अवसरमा देश तथा बिदेशमा रहेर सामाजिक काममा सहयोग गर्ने क्लबका सदस्यहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने सदस्यहरुमा हाल नेपाली सेनामा कार्यरत सन्जय सुनारी,धन बहादुर मश्रांगी,भारतीय सेनामा कार्यरत टेक सुनारी,शिक्षकहरु विज्ञान सुनारी,राजन ठकुरी,मनोज सुनारी,नेपाल विद्युत प्राधिकरणमा कार्यरत विवश सारु वैदेशिक रोजगारबाट बिदामा आएका सन्दीप सुनारी लगायतकालाई सम्मान गरिएको हो । क्लबका सदस्य रबिन सारुको स्वागतबाट शुरु भएको कार्यक्रमको सन्चालन सचिब विवश सारुले गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update