Erani Mahal
कोरोना विशेष अस्पताल बुटवलमा थप १ जनाको मृत्यु
Death-from-corona
बुटवल- बुटवलको कोरोना विशेष अस्पतालमा थप एक पुरुषको मृत्यु भएको छ । लुम्बिनी अस्पतालको कोरोना विशेष अस्पतालमा ५ दिनअघि भर्ना भएका पर्वतका एक पुरुषको बुधबार साँझ मृत्यु भएको हो । भारतबाट फर्केलगत्तै स्वास्थ्यमा खराबी आएका पर्वत पयुँ ५ का ३८ वर्षीय पुरुषको आज उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले बताउनुभयाे । उहाँलाई विगत १० दिनदेखि उच्च ज्वरो आएको थियो । ५ दिनअघि स्वाव परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । रुपन्देहीमा आज नयाँ ४८ कोरोना संक्रमित थपिएका छन् । यसअघि सोमबार बुटवलको कोरोना अस्पतालमा ३ जना संक्रमितको मृत्यु भएको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update