Erani Mahal
गुल्मी ठूलो लुम्पेकमा टेम्पो दुर्घटना : एकको मृत्यु,  ४ जना घाइते
Accident_I0cmYnOZtf
गुल्मी - गुल्मीमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, ४ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका–३ ठूलो लुम्पेक क्वाङखोलामा लु २ स ००९९ नम्बरको टेम्पो दुर्घटना भएको हो । बुधवार दिउँसो सत्यवती बज्यै मन्दिर दर्शन गर्न जाने क्रममा भएको दुर्घटनामा सत्यवती गाउँपालिका–२ थुम्का निवासी २८ वर्षकी तारा राहादीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयो । दुर्घटनामा संगीता राहादी, मीना राहादी, इन्द्र त्ररामु, ज्ञानबहादुर त्ररामु घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई थप उपचारको लागि पाल्पा पठाइएको पाण्डेले बताउनुभयो । टेम्पो चालक फरार रहेको प्रहरीले जनाएको छ । यस्तै गुल्मीबाट नयाँ बर्ष मनाउन धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा बुधबार विहान प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना ५ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ११ जना घाइते भएका थिए ।
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update