Erani Mahal
रामपुर अस्पतालमा पहिलोपटक शल्यक्रियाबाट बच्चा जन्माइयो
172975332_1196295080789860_1481861800585928390_n
पाल्पा- ५० शैयाको पाल्पाको रामपुर अस्पतालले पहिलोपटक शल्यक्रिया मार्फत सुत्केरी गराएको छ । सामान्य प्रसुति चेकजाच र नर्मल प्रसुति सेवा दिदै आएको अस्पतालले शल्यक्रिया मार्पmत सुत्केरी गराएको हो । निस्दी गाउँपालिका वडा नं. ५ गल्धा बेलौजे बस्ने २७ वर्षिय यमसरी सारुको सफल शल्यक्रियाबाट बच्चा जन्माएको रामपुर अस्पतालले जनाएको छ । सारुको ३ किलो ४५० ग्रामको छोरी सफल अप्रेशनबाट जन्मिएको हो । आमा र बच्चाको स्वास्थ्य अबस्था सामान्य छ । पाल्पा सदरमुकामदेखि ६५ किलोमिटर पुर्व रहेको रामपुर अस्पताल जिल्लाकै ठुलो अस्पताल हो । तथापि यहाँ भौतिक र आबश्यक सामाग्रीको अभाबमा अहिले १५ शैयाको सेवा दिइरहेको छ । अस्पतालले मेसिन ल्याएपछि गत फागुन १६ गते शल्यक्रिया सेवा शुभारम्भ गरेको थियो । अस्पतालले निक साइमन्स इस्टिच्युटको समन्वयमा शल्यक्रिया सहितको प्रसुति सेवा शुभारम्भ गरेको थियो । त्यस यता सुत्केरी हुन आउने महिलाको नर्मल सुत्केरी भएपनि सारुको अप्रेशन गर्नुपर्ने अबस्थामा अप्रेशन गरिएको र यो सफल समेत भएको रामपुर अस्पतालका मे.सु.विजय परियारले बताउनुभयो। रामपुर अस्पतालका डाक्टर बासुदेव सुवेदीको नेतृत्वको टोलीले पहिलो पटक शल्यक्रिया सहित प्रसुति सेवा दिएको थियो । टोलीमा डाक्टर सुवेदी सहित डाक्टर विनिता लामिछाने, भानुु अर्याल, नर्सिङ्ग तर्पm सुनिता गौतम, अनु सुनाम र मनिष घर्ती मगरको टोली खटिएको थियो । २०७२ सालमा ५० शैंयाको अस्पतालका रुपमा सरकारले रामपुर अस्पताललाई घोषणा गरेपनि यस अघि सुत्केरी हुन जिल्ला सदरमुकाममा रहेका निजि अस्पताल धाउनुपर्ने अबस्था थियो । सुत्केरी गराउने सामाग्री नहुँनुले सामान्य सुत्केरी बाहेक जटिल र पहिलो सुत्केरी हुने गर्भवतीको स्वास्थ्य अबस्थालाई मध्यनजर गर्दै जिल्ला पठाउनुपर्ने अबस्था थियो । पाल्पा सहित छिमेकी स्याङ्गजा, तनहुँ र नवलपुरका नागरिकले सेवा लिने यस अस्पतालले दैनिक जसो सुत्केरी केस रिफर गर्दै आएको थियो । सुत्केरी शल्यक्रिया शुरु भएपनि सारुको पहिलो अप्रेसन हो । रामपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विजय परियारका अनुसार सारुको यो दोस्रो सन्तान हो । गत आईतबार सारु परिक्षणको लागि अस्पताल आउनु भएको थियो परियारले भने । भिडियो एक्सरे गरि हेर्दा सालनाल पाठेघरको मुखमा रहेको देखिएपछि अप्रेसन गर्न सुझाइएको थियो । अप्रेसन अस्पताल मै हुने भए त्यही गर्न परिवारले स्वीकृति दिएपछि अप्रसन गरिएको हो । गण्डकी बेशी क्षेत्रको लागि ठूलो उपलब्धी भएको अस्पतालले जनाएको छ । साथै अस्पतालमा अत्याधुनिक उपकरण र दक्ष जनशक्ति सहित गुणस्तरीय फिजियोथेरापी सेवा पनि केही दिन अघि शुरु भएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update