Erani Mahal
बन्दीपाेखरामा प्रधानमन्त्री राेजगार कार्यक्रमबाट माेटरबाटाे निर्माण
Moter bato (3)
पाल्पा- तानसेन नगरपालिकाकाे वडा ११ बन्दीपाेखरामा प्रधानमन्त्री राेजगार कार्यक्रमबाट माेटरबाटाे निर्माण गरिएकाे छ । प्रधानमन्त्री राेजगार कार्यक्रमबाट पुजेरीटाेल मजुवा माेटरबाटाे निर्माणकार्य सन्चालन भएकाे वडा अध्यक्ष दामाेदर प्रसाद घिमिरेले रानीमहलाइ जानकारी दिनुभयाे । प्रधानमन्त्री राेजगार कार्यक्रमकाे लागि गतबर्ष सुचिकृत बेराेजगार युवाहरूलाई एक सय दिन राेजगारी उपलब्ध गराउने सरकारकाे घाेषणा अनुसार राेजगारी उपलब्घ गराइएकाे उहाँले बताउनुभयाे । तानसेन नगरपालिकाका सबै वार्डहरूमा याे कार्यक्रम अन्तर्गत ५० आयाेजनामा ३ सय ९४ बराेजगारहरूले राेजगारी प्राप्त गरी रहेका छन् । घर नजिकै राेजगारी र काम पाएकाेमा तानपा ११ की लक्ष्मी बिकले कामकाे लागि टाढाजान नसकिने नजिक काम नपाउदा सांझ बिहानकाे समस्या भएकाे अबस्थामा नजिकै कामपाउंदा खुसि लागेकाे बताउनुभयाे । गत वर्ष पनि यहाँ समयमै यस्ता रचनात्मक कामका लागि सूचिकृत बेराेजगारलाइ खटाएकाे वडा सचिव तारा बहादुर खत्रीले बताउनुभयाे । उहाँका अनुसार १०० दिन बराबरकाे काममा लगाएपछि उनीहरुलाइ ज्याला भुक्तानी गरिने भएकाले गाउँमा सानाे भएपनि आर्थिक सहयाेग पुग्ने भएकाे छ ।
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update