Erani Mahal
पाल्पामा काेराेना संक्रमित एक महिलाकाे मृत्यु
Corona Sab
पाल्पा – जिल्लामा कोरोना सङ्क्रमित थप एक महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका–३, की ७२ वर्षीया सङ्क्रमित महिलाको शनिबार राति मृत्यु भएको हो । मृतकको श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले कोरोनाको शंका लागेपछि शनिबार पीसीआर परीक्षण गरिएकोमा कोरोना पाजेटिभ देखिएको थियो । योसँगै पाल्पामा कोरोनाबाट मृत्यु हुने सङ्ख्या ३८ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update