Erani Mahal
माछा मार्ने क्रममा करेन्ट लागेर स्याङ्जामा युवाकाे मृत्यू
corrent
स्याङ्जा- जिल्लाकाे भिरकोट नगरपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । भिरकोट नगरपालिका वडा नं ७ हेलुस्थित आधिँखोलामा माछा मार्ने क्रममा सोही नगरपालिका वडा नं ७ लामाचौर बस्ने ३४ वर्षीय बिवेक खाँणको शनिबार मृत्यु भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार खाँणले आधिँखोलामा मेनलाईनबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेको र उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update