Erani Mahal
नेकपा एमाले स्याङ्जामा यस्ताे बन्याे समानान्तर कमिटि !
1618123785-9IAtX
स्याङ्जा- माधव नेपाल पक्षले स्याङ्जामा समानान्तर कमिटी गठन गरेको छ । तर, नेकपा एमाले माधव नेपाल समुह स्याङ्जाले भने नेकपा एमाले पुर्नगठन गरेको जनाएको छ । सदरमुकाममा आयोजित जिल्ला स्तरीय भेलाले रामचन्द्र भट्टराईको अध्यक्षतामा १ सय ७५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा शर्मिला पौडेल, सचिवमा भुपराज अधिकारी र उपसचिव त्रयमा खड्कराज सुवेदी, सन्तोष के.सी. र टिकाराम नेपालीलाई चयन गरिएको हो । यसैगरी, भेलाले ज्येष्ठ सल्लाहकार सदस्यमा लोकराज शर्मा र निलकण्ठ शर्मा वाग्ले, ज्येष्ठ कम्यूनिष्ट मञ्चमा शेखर प्रधान र नारायण गिरीलाई जिम्मेवारी दिएको छ । जिल्लाका ११ वटै स्थानीय तहमा युवा संघ र अनेरास्ववीयू समिति गठन गरेको छ । युवा संघ जिल्ला अध्यक्षमा सन्तोष सापकोटा र सचिवमा मिलन भण्डारी र अनेरास्ववियू स्याङजाको अध्यक्षमा सन्तोप वस्ती र सचिवमा शिव भट्टराईलाई चयन गरिएको अध्यक्ष भट्टराइले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतको निर्देशन कार्यान्वयन गर्नुका साथै पार्टीलाई मजबुत बनाई गाउँगाउँमा विस्तार गर्ने अभियानमा अघि बढेका छौं।’ भेलामा सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज चुडामणी जंगलीले प्रधानमन्त्री केपी ओलीका कारण पार्टीमा बिभाजन आएको बताउदै पार्टी सुदुढीकरणका लागी नेकपा एमालेले पुर्नगठन भएको बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update