Erani Mahal
पाल्पाका दुई सडकलाइ ९० कराेडकाे बजेट !
sadak pic
पाल्पा- पाल्पाका दुइ सडकलाइ ९० कराेडकाे बजेट निकासा हुने भएकाे छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पाका दुई सडकले ४०-४० करोड पाउने भएका छन् । पाल्पा, निर्वाचन क्षेत्र नं १ अन्तर्गत केलादी पन्थे सहलकोट मिझबास झ्यालबास सडकको रजघरा पन्थे मिझबास खण्ड जोड्ने सडकले ४० करोड र निर्वाचन क्षेत्र नं २ अन्तर्गत डिलबहादुर मार्ग आम्लेहान तिनपिप्ले अरुखर्क दमकडा आर्यभन्जाङ्ग सडकले ४० करोड पाउने भएको हो । प्रत्येक निर्वाचन क्षेत्रमा एक–एकवटा सडक आयोजना पर्ने गरी प्रधानमन्त्री केपी ओलीले शनिबार एकै पटक एक सय ६५ वटा सडक सञ्जालको शुभारम्भ गर्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजित विशेष कार्यक्रममा एकैसाथ भर्चुअल माध्यमबाट यस कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना गरेको सो कार्यक्रममा प्रधानमन्त्री ओलीले यो कार्यक्रमले सडक पूर्वाधार निर्माणमा फड्को मार्ने बताउँदै निर्धारित समयमै गुणस्तरीय सडक निर्माण गर्न निर्देशनसमेत दिनुभयो । एक निर्वाचन क्षेत्र भएका हिमाली जिल्लामा ६० करोड रुपैयाँ र एक निर्वाचन क्षेत्र भएका पहाडी जिल्लाका निर्वाचन क्षेत्रमा ५० करोड रुपैयाँ दिइने छ ।यसैगरी दुई निर्वाचन क्षेत्र भएका २१ जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रलाई ४० करोड रुपियाँका दरले रकम दिइने छ । यसैगरी तीन वा सोभन्दा बढी निर्वाचन क्षेत्र भएका २० जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रलाई २५ करोड रुपियाँका दरले रकम उपलब्ध गराइने छ । यसबाहेक काठमाडौँ जिल्लामा प्रतिनिर्वाचन क्षेत्र २० करोड रुपियाँ दिइने सरकारको योजना अनुसार धादिङले दुई वटा सडकको लागि ८० करोड पाउने भएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update