Erani Mahal
पाल्पामा थप १४ जनामा कोरोना संक्रमण, एकको मृत्यू !
corona-virus-covid-19
पाल्पा- पाल्पामा थप १४ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो समयमा गरिएको परीक्षणमा १४ जनामा कोरोना पोजेटिभ देखिएको हो । १४ जना मध्ये एक जना महिलाको कोरोनाको कारण निधन भएको छ । कोरोना संक्रमण हुनेमा १० जना पुरुष तथा ४ जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले रानीमहललाई बताउनुभयो । थप १४ जनासंगै पाल्पामा कोरोना संक्रमितको संख्या २ हजार २ पुगेको छ भने निधन हुनेको संख्या ३८ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update