Erani Mahal
नेपाल राष्ट्रिय शिक्षक संगठन तानसेनको अध्यक्षमा दीर्घनारायण आचार्य
ta
पाल्पा- नेपाल राष्ट्रिय शिक्षक संगठन तानसेनको दाेस्राे अधिवेशनबाट अध्यक्षमा दीर्घनारायण आचार्य चयन हुनुभएकाे छ । जसको उपाध्यक्षमा शंकर भट्टराई, महिला उपाध्यक्षमा विमला शर्मा, सचिवमा माधव खनाल, कोषाध्यक्षमा सन्तोष ढकाल, सह–सचिवमा अमृता थापा र सह–कोषाध्यक्षमा नैना ज्ञवाली चयन हुनुभएको हाे । सदस्यहरुमा वडातर्फ वडा नं १ दीपक शर्मा बन्जाडे, वडा नं २ विष्णु ज्ञवाली, वडा नं ३ एकराज ज्ञवाली, वडा नं ४ टंक भुषाल, वडा नं ५ सविता कुँवर, वडा नं ६ हरि कुँवर, वडा नं ७ अर्जुन कुँवर, वडा नं ८ शोभाकर ढकाल, वडा नं ९ नरबहादुर गाहा, वडा नं १० लक्ष्मी नेपाली, वडा नं ११ जनार्दन भण्डारी, वडा नं १२ हुमबहादुर राना, वडा नं १३ डिल्लीराज पौडेल, वडा नं १४ खगीसरा कुँवर रहनुभएको छ । महिला सदस्य तर्फ सरिता शर्मा, विष्णु कुमारी गाहा, सिता अधिकारी चयन हुनुभएको छ । यस्तै सेवा निवृत्त शिक्षकहरुबाट हरिशंकर बस्याल र कमला खाती, संस्थागत विद्यालयबाट जनक भट्टराई र रिता न्यौपाने चयन हुनु भएको छ । अधिवेशनमा ११ जना सेवा निबृत्त तथा सेवाबाट अन्य सेवामा प्रवेश गर्नुभएका तानसेन नगर भित्रका शिक्षकहरुलाई सम्मान गरिएको थियो । सम्मानित शिक्षकहरुमा ः हरिशंकर बश्याल महेन्द्र बोधि मावि, मदन सुवेदी पद्म पब्लिक मावि, कमलादेवी खाती भुषाल डाँडा मावि, केशवराज नेपाल जनता मावि, युवराज पन्त नामिकुवा आवि, रेश्मीराज पाण्डे कृष्ण आवि, लक्ष्मीदेवी आचार्य सार्वजनिक आवि, टिकाराम पाण्डे त्रिभूवन मावि, टोपबहादुर घर्ती दमकडा मावि, बुद्धिनाथ पाण्डे सेन मावि, सिता पाण्डे जनप्रिय मावि रहनुभएको छ । उहाँहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा ४२ औ शिक्षक दिवसको अवसरमा प्रावि स्तरीय चित्रकाला र मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको थियो । “भ्रष्टाचार र अनियमितता विरुद्ध हाम्रो भूमिका” शिर्षक वक्तृत्वकला प्रतियोगितामा कृशला ढुंगाना पाल्पा प्यारागन वोर्डिङ् स्कुल प्रथम, पुजा वस्याल जनता मावि द्वितीय र प्रियंका कँवर न्यू होराइजन मावि तृतीय भएका थिए । यस्तै प्रावि स्तरीय “मेरो विद्यालय” शिर्षक चित्रकला प्रतियागितामा विराट केसी न्यू होराइजन मावि प्रथम, विराज नेपाली पाल्पा प्यारागन इ.बोर्डिङ द्वितीय र स्मृति अस्लामी जनता मावि तृतीय भएका थिए । दुवै प्रतियोगितामा ९ वटा विद्यालयको सहभागिता रहेको थियो । विजेतालाई प्रथम १ हजार, द्वितीय ७ सय र तृतीयलाई ५ सय नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश सदस्य भीमलाल बस्यालले ४२ औं शिक्षक दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै शिक्षक संगठनको इतिहास गौरवपूर्ण रहेको बताउनु भयो । उहाँले शिक्षक संगठनको आन्दोलनले नै शिक्षक हुनमा गर्व गर्न सक्ने बनाएको भन्दै अझै राज्यले शिक्षकलाई सम्मान गर्न नसकेको औल्याउनु भयो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रामप्रसाद ढकाल, सि.एन.टी. प्रदेश सदस्य शुरेश गौतम, सि.एन.टी. जिल्ला उपाध्यक्ष केशव केसी, एन.एन.टि.ए. जिल्ला उपाध्यक्ष मीरा खनाल, एन.एन.टि.ए. सचिव हिरा आचार्य, सि.एन.टि. जिल्ला सचिव टिकाराम ढकाल लगायतले शिक्षक संगठनको इतिहास स्मरण गर्दै प्रदेशमै पाल्पा जिल्ला सक्रिय रहेको बताउनु भयो । अधिवेशनमा सचिव दीर्घनारायण आचार्यको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष शंकर भट्टराईको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो । नगर अध्यक्ष रामजीवन ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दीर्घनारायण आचार्यले गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update