Erani Mahal
मेयर कपमा सहभागि खेलाडीलाई वडाको सम्मान
170753601_515081616169713_6008781417495140761_n
पाल्पा-रामपुर नगरपालिका वडा नं. ८ ले वडाबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई एक कार्यक्रमका बिछ सम्मान गरेको छ । रामपुरमा चैत दोस्रो साता चलेको चौथो मेयर कपमा विजयी तथा सहभागी खेलाडीहरुलाई सम्मान सहित वडाले बनभोजको आयोजना गरेको हो । चौथो मेयर कपमा वडा नं. ८ ले क्रिकेट प्रतियोगितामा प्रथम उपाधी र मा बि स्तरीय वक्तृत्वकलामा वडा नम्बर ८ को गंगा मा बि एक्लेटार की विद्यार्थी प्रशंसा अधिकारीले प्रथम स्थान हासिल गरेकी थिइन् । प्रतियोगितामा बिजयी टिम र खेलाडी प्रतियोगीलाई सम्मन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेल प्रतिभाको उजागर गर्नका लागि रामपुर नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले खेलकुदको विकासको लागि प्रतिस्पर्धा आबश्यक रहेको उत्कृष्टताको लागि प्रशिक्षणको खाँचो रहेको बताउनुभयो । उहाँले वार्षिक कार्यक्रम बनाएर खेल प्रतिभालाई प्रोत्साहन गर्नु पर्ने बताउनुभयो । कार्यपालिका सदस्य तथा वडा सदस्य गिता क्षेत्री, वडा नं. ८ का वडा अध्यक्ष बोम बहादुर नाम्जालीले वडा भित्रको प्रतिभाको उजागरको लागि वडाले आवश्यक सहयोग गर्ने बताउनुभयो । डा अध्यक्ष नाम्जालीको अध्यक्षतामा, वडा सदस्य मोहन प्रसाद श्रेष्ठको स्वागत र वडा सचिव विनोद कुमार मुखियाको सञ्चालनमा कार्यक्रम भएको हो ।
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update