Erani Mahal
तानसेन बहुमुखी क्याम्पसको सभा : अध्यक्षमा पन्त चयन
tansen
पाल्पा - तानसेन बहुमुखी क्याम्पस पाल्पाको दोस्रो क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पसको सभाले संस्थापक राजन प्रसाद पन्तलाइ अध्यक्षमा चयन गरेको छ । तानसेनको पव्लिक क्याम्पसमा रुपमा रहेको क्याम्पसको दोस्रो सभामा क्याम्पस प्रमुख राधेश्याम ज्ञवालीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । क्याम्पस सभाले संस्थापक संरक्षक डा. रामप्रसाद शर्मा सदस्य, सदस्यहरूमा भेषराज नेपाल, हरिप्रसाद पाण्डे , तानपा प्रमुख वा प्रतिनिधि (पदेन सदस्य) मुक्तिराम जिसी ( वडा अध्यक्ष ), श्रीधरकुमार नेपाल (प्रा.प्र), मनिष मल्ल ठकुरी ( बि.प्र.),राधेश्याम ज्ञवाली ( क्या. प्र./ सदस्य सचिव) मा चयन हुनुभएको सहायक प्रचार्य पुष्कर रेग्मीले रानीमहललाइ जानकारी दिनुभयो । अत्याधुनिक सुविधा सम्पन्न भवनमा कक्षा ११ देखि स्नाकोत्तर सम्म शिक्षा संकाय मानविकी र ११ देखि स्नातक सम्म व्यवस्थापन संकायमा अध्ययन अध्यापन हुँदै आएको छ । क्याम्पसका अध्यक्ष भागवत ज्ञवालीको निधन पश्चात क्याम्पसमा अध्यक्ष नयाँ चयन गरिएको हो । सभामा सांसद सोम प्रसाद पाण्डेय लगायतले शुभकामना दिनुभएको थियो ।
प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update