Erani Mahal
लागु औषध निषेध तथा मदिरा नियन्त्रण र अपराध न्यूनिकरण सम्बन्धि अन्तरक्रिया
169814087_2132388363569295_5846971675764532612_n
पाल्पा- गृह मन्त्रालयको आयोजनामा पाल्पामा लागु औषध निषेध तथा मदिरा नियन्त्रण र अपराध न्यूनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम तानसेनमा भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका कावा अध्यक्ष मिरा मरासिनीले लागु औषध नियन्त्रण तथा मदिरा नियन्त्रणका लागि ऐन कानून बनाएर मात्रै नहुने भएकाले त्यसका व्यवहारिक समस्याहरु समाधान तर्फ पनि लाग्नुपर्ने बताउनुभयो । उहाँले समाजमा शान्ति सुरक्षा कायम गर्न लागु औषध नियन्त्रण आवश्यक रहेको बताउँदै त्यसको लागि संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो क्षेत्रमा कार्ययोजना बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा गृह मन्त्रालयका सहसचिव अर्जुन भण्डारी, प्रहरी प्रमुख सन्ताेष कुमार भट्टराइले लागु आैषध अपराध र मदिरा नियन्त्रणका सम्बन्धमा तीन वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रमा नेपाली काँग्रेसका सचिव झपेन्द्र गहिरे, नेकपा माओवादी केन्द्रका मथुरा ढकाल, मदिरा व्यवसायी संघका अध्यक्ष यादव कार्की, पाल्पा व्यापार संघका उपाध्यक्ष विष्णु कार्की, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष बुद्धि प्रसाद शर्माले टिप्पणी गर्नुभयो । यस्तै तानसेन नगरपालिकाका प्रशासकीय अधिकृत, वडा अध्यक्ष मुक्रिाम जिसी, पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, डिभिजन वन अधिकृत मोहन पौडेल, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल, माथागढी गापाका अध्यक्ष सन्तोष कुमार थापा, राप्रपाका केन्द्रीय सदस्य डुलबहादुर कुँवर, जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी लगायतले विपद् व्यवस्थापन र यसका चुनौति, लागुऔषध नियन्त्रणका विषयमा आफ्नो राय प्रस्तुत गर्नुभयो । जिल्ला प्रशासन कार्यालय पाल्पाको समन्वयमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी योगन्द्र प्रसाद पाण्डेयले सहभागिलाई धन्यवाद सहित कार्यक्रको अध्यक्षता ग्रहण गर्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update