Erani Mahal
माथागढी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सकियाे
received_274639314204411
पाल्पा - जिल्लाको माथागढी गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता झडेवाकाे किसान मावि खेलमैदानमा सम्पन्न भएकाे छ । यस वर्षकाे दोस्रो राष्ट्रपति रनिङ शिल्डकाे प्रतियाेगिताकाे उपाधि सौभाग्य माविले हात पारेको छ । गाउँपालिका भित्रका कुल मावि मध्ये १० मावि सहभागी रहेकोमा गाैरादेवी मावि जुठापाैवा र गहते माविले सहभागी जनाएनन् । छात्र र छात्रा काे १० खेल समाबेश कुल ६० पदक काे लागि भएकाे प्रतियाेगितामा बेदबेडाङ सस्कृत तथा साधारण मावि सिद्धेश्वर ले ११ स्वर्ण, ५ रजत, ३ कास्य गरी १९ पदक सहित प्रथम, भैरब नवदिप मा वि छहराले २ स्वर्ण, ८ रजत गरि १० पदक सहित दाेस्राे, कालिका मावि मुझुङले २ स्वर्ण, २ रजत, ३ कास्य गरी ७ पदक सहित तेस्रो हात पारेकाे छ । सत्यवती मावि सत्यवतीले २ स्वर्ण, १ कास्य गरि ३ पदक सहित चाैथाे स्थान हासिल गरेको छ । त्यसै गरी गङगा मा वि साेमादिले १ स्वर्ण , ४ रजत, ४ कास्य गरि ९ पदक सहित पाचौं, भगवती मा वि सर्देवाले १ स्वर्ण, १ रजत, २ कास्य गरि ४ पदक सहित छैठौं भएकाे छ । यस्तै जाेगवाणी मावि भुवनपाेखरिले १ स्वर्ण, ४ कास्य गरि ५ पदक सहित साताै र गुहारथाना मावि जुठापाैवाले ३ कास्य सहित अन्तिम स्थानमा रहेको छ भने महाकाली मा वि मेहलढाप र रैनादेवि मा वि भुवन पाेखरिले कुनै पनि पदक हात पार्न सकेनन् । समापन समारोहमा बाेल्दै प्रमुख अतिथि रैनादेवी छहरा गाउँपालिकाका कार्यालय प्रमुख ज्ञानुराम पन्थीले खेलाडी राष्ट्रका गहना भएकोले खेलाडीलाई सम्मान, माया र अबसर दिनुपर्नेमा जाेड दिदै याे खेल हार र जित भन्दा पनि आफ्नाे सीप प्रदर्शन गर्ने भएकोले हाम्रो भन्दा पनि राम्रो खेलाडी छनाैट गरी जिल्ला स्तरीय प्रतियाेगितामा गाउँपालिकाकाे नाम राख्न सम्पूर्ण खेलाडीलाई शुभकामना दिनुभयाे। कार्यक्रममा जिल्ला भलिवल सङ्घ पाल्पाका सदस्य तथा भलिवल रेफ्रि नारायण सारु, शिक्षक दामोदर घिमिरे लगायतले मन्त्वय राख्नुभयाे । कार्यक्रम गाउँपालिकाका ना सु राम प्रसाद पाण्डेकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन गाउँपालिकाका सहायक महिला विकास निरिक्षक गाेमा ज्ञवालीले गर्नुभएको थियोे ।
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update