X
655
Shares

छिमेकीसँग हातपातको क्रममा एकजनाको मृत्यु !

रानीमहल संवाददाता || २७ चैत्र २०७७,शुक्रबार १८:१२

झापा- छिमेकीसँग हातपातको क्रममा लडेर झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका ५ टेक्रा निवासी ५७ वर्षीय बलबहादुर बिक रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

घाइते विकको उपचारको क्रममा शुक्रबार बिहान ४ बजे बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा मृत्यु भएको हो। प्रहरीका अनुसार अत्यधिक मादक पदार्थ सेवन गरेका विक सोमबार बेलुका ७ बजे होहल्ला गर्दै छिमेकी ४७ वर्षीय मोहन घिमिरेको घरमा गएर विना कारण झगडा गर्न पुगेका थिए।

सोही क्रममा दुवै पक्षबीच सामान्य हातपात हुँदा विक लडेर गम्भीर घाइते भएका थिए। घाइते विकलाई तत्काल उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

विक घाइते भएपछि उनका छोरा राजकुमारले बिहीबार इलाका प्रहरी कार्यालय सुरुङ्गामा कुटपिटमा संलग्न घिमिरेको विषयमा उजुरी दिएका थिए। उजुरी परेपछि घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको डिएसपी थापाले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys