Erani Mahal
गुल्मीमा दुई हजार हेक्टर बढी जगंल डढेलो कारण नष्ट
palpad
तिलाचन पाण्डे गुल्मी- गुल्मीमा दुई हजार हेक्टर बढी क्षेत्रफलको जगंल डढेलो कारण नष्ट भएको छ । जिल्लाका विभिन्न सामुदायिक बनहरुमा लागेको डढेलोका कारण करिब दुई हजार हेक्टर क्षेत्रफल नष्ट भएको डिभिजन बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिनुभयाे । उहाँका अनुसार मदाने क्षेत्रको जंगल , मुसिकोट ,रेसुङगा , धुर्कोट, इश्मा, कालीगण्डकी क्षेत्रका जंगलहरुमा डढेलो लागेको हो । प्राय डढेलो ब्यक्तिको खरवारीमा लगाएका आगो जंगल क्षेत्रमा प्रबेश गर्ने गरेको छ । डढेलोलाई नियन्त्रण गर्नका लागि स्थानीय , कार्यालयका कर्मचारीहरु , जिल्लाका सुरक्षा निकायहरु लागि पर्ने गरेको सापकोटाको भनाई छ । बन डढेलो र आगलागी हुन नदिनका लागि डिभिजन बन कार्यालय गुल्मीले प्रचार प्रसार र शन्देशमुलक जानकारीहरु गराउँदै आएको कार्यालयले जनाएको छ । स्थानीय रेडियो ,पत्रपत्रिका ,टेलिभिजनहरुमार्फत बन डढेलो र यसका असर बारेमा सन्देशमुलक सूचनाहरु प्रकासन र प्रशारण गर्दै आएको कार्यालयले जनाएको छ । आगो निभाउने क्रममा ११ जनाको मृत्यु २०६६ साल बैशाख १२ गते हस्तिचौर सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा साबिकको वडा नं ३ का ५ जनाको घटना स्थलमा नै ज्यान गयो , यसरी ज्यान जानेहरुमा रामलाल घिमिरे , अमर बहादुर कंवर , देबकली खत्री , सीता कुंवर , धनकली खत्री रहेका छन् । यस्तै साबिकको बडागाउँ गाबिसको तिलेहार सामुदायिक बनमा २०६६ साल बैशाख ५ गते आगो निभाउने क्रममा घाईते भई उपचारको क्रममा बैशाख १० गते बडागाउँ ८का गोपाल सुनारको ज्यान गयो । २०७२ साल चैत्र २९ गते धैरेनी सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा मलायगिरी गाबिस वडा नं १ का कमल खड्काको कृतिपुर अस्पतालमा उपचारको क्रममा २०७३ साल बैशाख ११ गते ज्यान गयो । यस्तै २०७३ साल बैशाख १७ गते दोहोली गाबिस जलुकी खोला बनमा लागेको आगो निभाउने क्रममा वडा नं ५ का तुलसी लामा गुरु¬ङको घटना स्थलमै ज्यान गयो भने सोही आगो निभाउने क्रममा गम्भिर घाईते भएका वडा नं ६ कालोक बहादुर गुरुङको उपचारका लागि पाल्पा लैजाने क्रममा बाटोमा ज्यान गयो । यस्तै २०७३ साल बैशाख १८ गते वडागाउँ गाबिस वडा नं १ को कर्लाम सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा मेयरसिंह रास्कोटीको ज्यान गएको छ । यस्तै यहि चैत २० गते घरबाट नुहाउन भनी हिँडेकी धुर्कोट गाउँपालिका वडा नम्वर ७ वाग्लाकी ९ बर्षकी बालिका संगिता कुँवरको स्थानीय धाराखोली बले सल्लाघारी सामुदायिक बनमा लागेको डढेलोका कारण ज्यान गएको छ । उनीहरुको आश्रीत परिवारलाई सामान्य राहत प्रदान भएपनि उनीहरुले नेपाल सरकारको तर्फबाट बिशेष राहत भने पाउँन सकेका छैनन् । डिभिजन बन कार्यालय गुल्मीले सबै अभिलेख बिभागमा पठाएको बताउँदै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update