Erani Mahal
पत्रकार महासंघ गुल्मीकाे नेतृत्वमा अर्याल
d
गुल्मी- नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासंघको नेतृत्व चुन्न बुधवार भएको निर्वाचनमा टाेपलाल अर्याल विजयी हुनुभएकाे छ । दुइ प्यानल रहेकाे गुल्मी पत्रकार महासंघकाे निर्वाचनमा टोपलाल अर्याल नेतृत्वको लोकतान्त्रिक तथा प्रगतिशिल समुह विजयी भएको छ । अर्यालले अनिल खत्री नेतृत्वको प्यानल लाइ पराजित गर्दै टोपलाल अर्याल नेतृत्वको उक्त संयुक्त प्यानल विजयी भएको हो । अर्याल गुल्मीमा लामो समय देखी खोज पत्रकारिताको क्षेत्रमा क्रियासिल छन । पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष अर्याल गुल्मेली मिडिया कर्मी एवं पाठक स्रोताहरूका विचमा चर्चित नाम हो । अर्याल यस अघि नेपाल पत्रकार महासंघ गुल्मीको सचिव रहनुभएकाे थियाे । नवनिर्वाचित अध्यक्ष अर्यालको समुहबाट उपाध्यक्षमा सिता भण्डारी र रेशम कुँवर, सचिव प्रेम सुनार, सहसचिव तिलाचन पाण्डे र तेजेन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्ष काैरव खत्री, सदस्यहरूमा महेश वोहोरा, मनोज कार्की, रमेश विश्वकर्मा, हुमाकान्त पोखरेल, हुमलाल भण्डारी, पुर्ण वहादुर खड्का क्षेत्री, यादव प्रसाद ज्ञवाली र सरस्वती जिसी विजयी भएका छन । महासंघको नेतृत्व चुन्न पहिलो पटक देशैभर एकसाथ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् निर्वाचन गरिएको हो । केन्द्र, प्रदेश, जिल्ला र सम्बन्धित शाखाहरुको नेतृत्व चयनका लागि महासंघले एक साथ मतदानको व्यवस्था मिलाएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update