Erani Mahal
पत्रकार महासंघ रुपन्देहीमा लोकतान्त्रिक प्यानल विजयी
fnj btl
बुटवल- पत्रकार महासंघ रुपन्देहीमा लोकतान्त्रिक प्यानल विजयी भएको छ । बुधबार सम्पन्न निर्वाचनबाट लोकतान्त्रिक प्यानलका अध्यक्ष रामराज पोखरेलको नेतृत्वका अधिकांश पदाधिकारी तथा सदस्यहरु विजयी भएका छन् । साझा प्यानललाई पराजित गर्दै लोकतान्त्रिक प्यानल आगामी तीन वर्षका लागि निर्वाचित भएको छ । लोकतान्त्रिक प्यानलका रामराज पोखरेलले १६३ मत सहित विजयी हुनुभएकाे छ । उहाँका प्रत्यासी साझा प्यानलका दिनेश पाण्डेले भने १२० मत प्राप्त गर्दै पराजय हुनुभएकाे छ । त्यस्तै उपाध्यक्षतर्फ पनि लोकतान्त्रिक प्यानलकै विश्वास ढकाल विजयी हुनुभएकाे छ । उहाँले १९४ मत प्राप्त गर्नुभयाे उहाँका प्रत्यासी साझा प्यानलका उम्मेद्वार हेम बहादुर पछाई ‘दिपेश’ ले १०० मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै महिला उपाध्यक्षतर्फ साझा प्यानलकी अमृता अनमोल विजयी हुनुभएकाे छ । उहाँले १४९ मत प्राप्त गर्नुभएकाे छ । उहाँकी प्रत्यासी लोकतान्त्रीक प्यानलकी सन्जु पौडेलले १४८ मत प्राप्त गर्नुभएकाे छ । त्यसैगरी लोकतान्त्रिक प्यानलकै सञ्जय सौगात कोषाध्यक्षमा विजयी हुनुभएकाे छ । उहाँले १५२ मत प्राप्त गरेका छन् । कोषाध्यक्षका बलिया दाबेदार स्वस्तिक श्रेष्ठलाई पराजित गर्दै उनी विजयी भएका हुन् । श्रेष्ठले १४६ मत प्राप्त गर्नुभएकाे छ । त्यसैगरी सचिव पदमा लोकतान्त्रिक प्यानलकै विनोद परियार विजयी हुनुभएकाे छ । परियारले १८५ मत प्राप्त गर्नुभएकाे छ भने साझा प्यानलका लक्ष्मण पोखरेलले ११० मत प्राप्त गर्नुभएकाे छ । सहसचिवमा पनि लोकतान्त्रिक प्यानलकै विरेन्द्र कुँवर विजयी हुनुभएकाे छ । कुँवरले १६७ मत प्राप्त गरेका छन् भने केशव भण्डारीले १२२ मत प्राप्त गर्नुभएकाे छ । समावेशी महिला सह–सचिवमा लोकतान्त्रिक प्यानलकै माया केसी विजयी हुनुभएकाे छ । उहाँले १८५ मत प्राप्त गर्दा साझा प्यानलका गोबिन्द्र घर्तीले १०८ मत प्राप्त गर्नुभएकाे छ । यस्तै खुल्ला सदस्यमा लोकतान्त्रीक प्यानलकै प्रदिप आचार्य, कबिराज अधिकारी, थानेश्वर घिमिरे, मोतिराम न्यौपाने, प्रकाश पाण्डे, पुनहरि बेल्वासे, शंकरप्रसाद पाण्डे, महिला सदस्यमा लोकतान्त्रीक प्यानकी हरिकला अधिकारी, जनजाती सदस्यामा पनि लोकत्रान्त्रीकै राज चौधरी, मधेसी, अपसंख्यक र दलित सदस्य तर्फ क्रमशः लोकतान्त्रीकै राधेश्याम विश्वकर्मा,सलमान खान र टकं सुनार विजयी भएका छन् । यस्तै खुल्ला सदस्यमा प्रगतिशिल साझा प्यानलका प्रकाश आचार्य मात्रै निर्वाचित भएका छन् । चुुनावमा आगामी नेतृत्वका लागि पोखरेल नेतृत्वको प्यानलका लागि प्रेस यूनियन नेपाल, प्रेस संगठन नेपाल, प्रगतिशिल पत्रकार संघ नेपाल र क्रान्तिकारी पत्रकार महासंघको र पाण्डेको नेतृत्वको प्यानलमा प्रेस चौतारी नेपाल, जनपत्रकार संगठन, संघीय पत्रकार संगठन र प्रेस मञ्चबीच गठबन्धन बनेको थियो । लोकतान्त्रिक प्यानलको जीतसँगै करिब २० वर्षपछि पत्रकार महासंघको नेतृत्व प्रेस यूनियनले गर्दैछ । निर्वाचित अध्यक्ष पोखरेल पूर्व उपाध्यक्ष हुने भने पराजित पाण्डे वर्तमान उपाध्यक्ष हुन् । ग्लाेवल आवाजकाे सहयाेगमा ।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update